योजना छन्, पूरा गर्ने जिम्मेवारी दिनुस्: लामिछाने
पाेखरा | कात्तिक १३, २०७९
पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ ‘क’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले कास्कीलाई समृद्ध बनाउने योजना आफूसित भएको जनाउँदै जिम्मेवारी दिन आग्रह गरेका छन् ।
विगत आफूले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उनले विकास, निर्माणको अगुवाइ गर्न सक्ने र योजना कार्यान्वयन गर्ने स्थानमा पुर्याउन मत दिन आग्रह गरे ।
पोखरा २१ मा ५ दलीय गठबन्धनको प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा उनले पोखराका ग्रामिण क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने जनाए ।
गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ मा उम्मदेवारी दिएका एकिकृत समाजवादीका श्रीनाथ बरालले जितेपछि सधै मतदाताको शिर उच्च राख्ने गरी काम गर्ने बाचा गरे । पोखरा २१ को खानेपानीको समस्या समाधान गर्ने र टोल टोलमा विकासको योजना ल्याउने उनले प्रतिवद्धता गरे ।
एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङ्ले गठबन्धनका उम्मेदवारले जनताको भावना बुझेर काम गर्ने बताए ।
काँग्रेस कास्की २ कका सभापति दिनेश आचार्यले देशमा बौद्धिक पलायनको समस्या रहेको भन्दै शिक्षामा उचित योजनाको खाँचो रहेको औंल्याए । नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार वृन्दा रानाले मुलुकका समस्या बुझेर अवस्था अनुसार गठबन्धनले काम गर्ने बताइन् ।
माओवादी केन्द्रका कास्की इन्चार्ज राजकाजी गुरुङ करणले विगतमा काम गरेको हेरे विश्वप्रकाशलाई जिताउनुपर्ने बताए । विगतमा केही नेताले गठबन्धनको दुरुपयोग गरेका कारण गठबन्धन टुटफुट भएको उनको भनाइ छ ।
नेपाल समाजवादी पार्टी गण्डकी अध्यक्ष किरण थापा, एकिकृत समाजवादीका जिल्ला सल्लाहाकार पूर्णबहादुर थापा, नेपाली काग्रेस क्षेत्र नं २ का सदस्य दुर्गा थापा, माओवादी केन्द्र २१ महिला संघ संयोजक देवी अधिकारी, पुर्णदीप सिग्देल, नेपाली काँग्रेस २१ इकाइ सभापती केवल गिरी लगायतले कार्यक्रममा बोलेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

